मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांंग्रेसको महाधिवेशन प्रतिनिधि बनेपछि बालाले छाडिन् पत्रकार महासंघको उपाध्यक्ष

nepallive.com · Mon Dec 06 17:26:00 GMT 2021

काठमाडौं- नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पदबाट राजीनामा दिएकी छन्। नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेपछि उनले सोमबार सामाजिक सञ्जालमार्फत् पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्।

उनले आफू राजनीतिमा सक्रिय भएकाले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको सामाजिक सञ्जालमा लेखेकी छन्। ‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु। म महासंघको नेतृत्वमा नरहे पनि मतको उच्च सम्मान र हर हमेशा तपाईंहरुको माझ सुख दुःखमा साथ रहने प्रण गर्दै अबको मेरो गन्तव्य पार्टी राजनीतितिर,’ उनले लेखेकी छिन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)