रक्सौल–काठमाडौँ रेल परियोजना अगाडि बढ्दै, 136 किमी लाइनको DPR तयार
barnanmedia.com · Tue Mar 31 22:32:50 GMT 2026

काठमाडौँ / रक्सौल : भारत–नेपालबीच प्रस्तावित बहुप्रतीक्षित रक्सौल–काठमाडौँ रेल परियोजना एक कदम अगाडि बढेको छ। परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भई नेपाल सरकारलाई बुझाइसकिएको छ भने हाल अनापत्ति प्रमाणपत्र (NOC) को प्रतीक्षा भइरहेको छ।
भारतीय रेल मन्त्रालय अन्तर्गतको सरकारी निकाय राइट्स लिमिटेड (RITES) ले सर्वेक्षण गरी तयार पारेको DPR अनुसार रक्सौलदेखि काठमाडौँसम्म करिब 136 किलोमिटर लामो रेलमार्ग निर्माण हुने प्रस्ताव छ। परियोजनाको प्रारम्भिक लागत करिब ६० देखि ७० हजार करोड भारतीय रुपैयाँ हुने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)