मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकता सम्बन्धी ऐन नबनेकोमा एनआरएनएको असन्तुष्टि

abhiyandaily.com

काठमाडौं । नेपाली नागरिकता सम्बन्धी ऐन समयमै नबनेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले असन्तुष्टि व्यक्त गरेको छ । ‘दुवै सदनबाट पारित विधेयकमा व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकताका विषयमा नेपालका राजनीतिक दलहरूबीच सर्वसहमति हुँदा हुँदै पनि नागरिकता विधेयक ऐनको रूपमा नआउँदा गैरआवासीय नेपालीहरूलाई दु:ख लागेको छ,’ संघद्वारा आइतवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ संसद्को दुवै सदनबाट पारित भए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरिदिँदा निष्क्रिय भएको छ । दुवै सदनबाट पारित भइसकेको अवस्थामा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था सम्बन्धी ऐन, नियम बन्न ढिलाइ हुने अवस्थाले गैरआवासीय नेपाली चिन्तित रहेको बताइएको छ । ‘गैरआवासीय नेपाली संघ वर्तमान अवस्थाप्रति सचेत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसको गम्भीरतालाई ध्यान दिँदै सम्पूर्ण गैरआवासीय नेपालीलाई केही समय धैर्यधारण गरिदिनुहुन अनुरोध गर्दछौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)