मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तरलता अधिक, बैंकमा थुप्रियो पैसा

annapurnapost.com · Sat Jan 06 00:53:31 GMT 2024

काठमाडौं : अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष सुरु भएदेखि नै यस्तो स्थितिले निरन्तरता पाएको हो।

पछिल्लो समय कर्जा प्रवाह हुन नसक्दा बैंकिङ प्रणालीमा निरन्तर पैसा थुप्रिएको छ। बैंकमा नयाँ कर्जाको माग नै नभएपछि लगानीयोग्य पुँजी पर्याप्त देखिएको हो। यसैकारण केन्द्रीय बैंकले पुस महिना सुरु भएयता निक्षेप संकलन उपकरणबाट १ खर्ब ८० अर्ब रुपैयाँ पैसा तानेको (प्रशोचन गरेको) छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)