बाँकेमा कोदोखेतीको सफल परीक्षण
barnanmedia.com · Tue Nov 12 22:09:00 UTC 2024

काठमाडौँ, २८ कात्तिकः बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ ।
पहाड र हिमालको चिसो मौसममा मात्रै उत्पादन हुने कोदोको गर्मी हुने तराईमा सफल खेती गरिएको हो । “हामी दैलेखबाट बसाइ सरी बाँके आएको झण्डै दुई दशक भयो, अहिलेसम्म यहाँ कोदोखेती भएको देखेको थिइन”, बाँके सैनिकका रामबहादुर बुढाले भन्नुभयो, “गाभर भ्यालीमा कोदो फलेको देखेपछि मलाई पनि खेती गर्न मन लागेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)