एन्फा पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन
ekantipur.com · Thu Mar 14 01:02:19 GMT 2024
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) माथि अनावश्यक रूपमा आफ्नो पदाधिकारीलाई मलेसिया पठाएको आरोप लाग्दै गर्दा बुधबार युवा तथा खेलकुद मन्त्रालयले विदेश भ्रमणमा गएकालाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएको छ ।
मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलका लागि खेलाडीबाहेक १६ जना त्यहाँ गएका छन् । त्यसमध्ये सात जना टिमसँग जोडिएका पदाधिकारी छन् भने बाँकीको कुनै भूमिका छैन । मन्त्रालयले उनीहरू खेलकुद ऐन विपरीत त्यसतर्फ गएको जनाएको छ । मलेसिया पुगिसकेकामा एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री र सीईओ इन्द्रमान तुलाधर छन् । भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनिल लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ र सुविनकुमार श्रेष्ठ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)