मन्त्री खड्का कुलमानसामु निरीह, कुनै नैतिकताले पदमा बसिरहने अब ?
barnanmedia.com · Tue Nov 12 22:29:14 UTC 2024

काठमाडौँ, २८ कात्तिकः पदीय मर्यादाक्रम हेर्ने हेर्ने हो भने कुलमान घिसिङ नेपाल सरकारका सहसचिव सरहका कर्मचारी हुन् । अझ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक राजनीतिक नियुक्ति हुने पद हो । तर, यस्तो देखिँदै छ कि यहाँ कुलमान नै यो देशका सर्वशक्तिमान हुन् ।
कुलमानले जतिसुकै बदमासी गरे पनि न अख्तियारले छुन सक्छ, न त अदालतले उनका निर्णयमा प्रश्न उठाउन सक्छ । कुलमानकै शक्ति र प्रभावका कारण हितेन्द्रदेव शाक्यको निवेदन अनिश्चितकालीन पर धकेलिन सक्छ । व्यापारीहरूका निवेदन भटाभट खारेज हुन सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)