नेदरल्यान्ड्सको विजयी सुरुआत
baahrakhari.com · Mon Nov 21 18:22:00 GMT 2022
काठमाडौं । युवा खेलाडी कोडी गाक्पो र वैकल्पिक खेलाडी ड्याभी क्लासनले गरेको गोलमा नेदरल्यान्ड्सले सोमबार राति फिफा विश्वकप २०२२ मा सेनेगलमाथि २–० को विजय हासिल गरेको छ ।
२३ वर्षे फरवार्ड गाक्पोले खेल सकिन ६ मिनेट बाँकी हुँदा गरेको गोलबाट नेदरल्यान्ड्सले अग्रता लिएको थियो । पीएसभी आइन्डहोभनका फरवार्ड गाक्पोले फ्रांक डी योङको पासलाई हेडमार्फत पोस्टकाे दिशा दिएका हुन् । नेदरल्यान्ड्सले विपक्षी पोस्टको फ्रेममा गरेको प्रहार नै त्यही थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)