छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
ratopati.com · Sat Jun 13 12:24:53 GMT 2026

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वालेन्द्र शाह नेतृत्वको सरकार क्रमशः असफल बन्दै गएको बताएका छन् । दुई तिहाइ जनमतसहित सत्ताको बागडोर सम्हाल्ने अवसर पाएको रास्वपा र यसको नेतृत्व प्रधानमन्त्री बालेन साहसामु निरीह देखिएको साहको टिप्पणी छ ।
आज (शनिबार) वीरगन्जमा आयोजित पार्टीको मधेस प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जनताले दुई तिहाइ मतसहित रास्वपालाई अभूतपूर्व जिम्मेवारी सुम्पिएकोले नेपाली जनताले धैर्यतापूर्वक सरकारको कदमलाई नियालेको र सकारात्मक कामको अपेक्षा गरेको भए पनि सरकार बनेको छोटो समयमा नै निराशा चुलिएको उनको टिप्पणी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
बालेन शाह
मधेस प्रदेश