सरकार लावारिस जस्तो भयो : महासचिव दाहाल
annapurnapost.com · Sat Jun 13 12:14:47 GMT 2026

भक्तपुर : नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सरकार जति भन्दा पनि नटेर्ने लावारिस जस्तो भएको टिप्पणी गरेका छन् । शनिवार भक्तपुर शाखाको साधारण सभालाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् । सरकारले निजी मिडियामा आर्थिक नाकाबन्दी गरेको र त्यसले श्रमजीवी पत्रकारको रोजगारी संकटमा परेको उनले बताए । विज्ञापनमा अनियमितताको बहाना बनाएर गरिएको नाकाबन्दीबिरुद्ध महासंघ आन्दोलनमा भएको तर, सरकारले नसुनेकोप्रति महासचिव दाहालले दुःख व्यक्त गरे ।
‘अघिल्ला सरकारले महासंघ संग आउनासाथ छलफल गर्थे, वर्तमान सरकार आन्दोलनमा जादा समेत सुनुवाइ गर्दैन’, उनले गुनासो गरे । निजी मिडियामा सरकारी विज्ञापन रोकिनु र सोही बहानामा मिडियाले पत्रकारलाई निकाल्न खोज्नु सरकार र मिडियाको मिलेमतो पनि हुनसक्ने भन्दै त्यसो नगर्न महासचिव दाहालले चेतावनी समेत दिएका छन् । अनियमितता भएको भन्दै रोकिएको विज्ञापनलाई ब्यवस्थित बनाउन सरकारले कुनै सिन्को नभाँचेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)