मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पहेंलो सुनको कालो धन्दा

annapurnapost.com · Fri Jul 21 00:54:27 GMT 2023

हालसम्मकै ठूलो परिणामको अवैध सुन भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिनुले यसभित्रको संयन्त्रको कामबारे नै आमनागरिकले प्रश्न उठाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै उच्च परिणाममा सुन बरामद भएपछि यतिबेला चौतर्फी चासो र चिन्ताले बजार तताएको छ। साउन ३ गते राजस्व छली गरी ल्याएको एक क्विन्टल सुन बरामद भएको हो। यति ठूलो परिणाममा सुन बरामद भएपछि त्रिभुवन विमानस्थलको सुरक्षादेखि त्यहाँ सम्बद्ध सबै निकायका कर्मचारीहरूको भूमिकामाथि पनि प्रश्न उठेको छ। कुनै समय चर्चित अपराधी चाल्र्स शोभराजले ‘त्रिभुवन विमानस्थलबाट हात्ती छिराउन सक्छु’ भन्ने अभिव्यक्ति दिएका थिए। हालसम्मकै ठूलो परिणामको अवैध सुन भन्सार जाँचपास भएर विमानस्थलबाट बाहिरिनुले यसभित्रको संयन्त्रको कामबारे नै आमनागरिकले प्रश्न उठाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)