राति पनि भइरहेछ प्रदेश सभा भवन निर्माण
deshsanchar.com · Thu Nov 18 17:39:37 GMT 2021
दाङ – रातिको १० बज्नै लागेको छ। बत्तीको उज्यालोमा प्रदेश सभा भवन निर्माण जारी छ। बैठक सञ्चालन हुने स्थानको भुइँ ढलान चल्दै छ।
यसरी रात–दिन दुई सिफ्टमा काम हुन थालेको २२ दिन भइसकेको छ। यो अवधिमा प्रदेश सभा भवन निर्माणले लय पकडेको छ। लुम्बिनी प्रदेश सरकारले राजधानीमा बनाउन थालेको प्रदेश सभा भवन निर्माणको काम दिन–रात गरी दुई सिफ्टमा भइरहेको हो। हिउँदे अधिवेशन आह्वान गर्ने योजनाका साथ प्रदेश सभा भवन निर्माण मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)