मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

इन्धनको खपत घटाउन निगमको दसबुँदे प्रस्ताव

ekantipur.com · Tue Jul 05 00:55:45 GMT 2022

काठमाडौँ — घाटा चुलिएपछि नेपाल आयल निगमले सरकारलाई इन्धन बिक्रीमा कोटादेखि सवारीमा जोर–बिजोरसम्मका दसबुँदे सुझाव दिएको छ । इन्धनको खपत घटाउन भन्दै निगमले तालुक निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई उक्त सुझाव दिएको हो ।

रुस र युक्रेनबीचको युद्ध र डलरका कारण पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढेको छ । इन्धनको खपत बढ्दा निगमको नोक्सानी पनि चुलिएपछि यस्तो प्रस्ताव गरिएको निगमले जनाएको छ । ‘श्रीलंकाको अवस्था नाजुक छ, नेपालमा पनि त्यही दिन नआओस् भनेर सतर्क छौं । इन्धन खपत घटाएर सञ्चिति बढाउन दसबुँदे प्रस्ताव/सुझाव सोमबार बुझाएका छौं,’ निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले भने, ‘गत जेठमा आइतबार सार्वजनिक बिदाले पेट्रोलको ११ र डिजेलको खपत ४ प्रतिशत घटेको थियो । निगमको सुझाव कार्यान्वयन भए खपत घटाउन सकिन्छ । निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका लागि सवारीसाधनबाहेक सरकारी तथा निजी सवारी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेको छ । जोर–बिजोर कार्यान्वयन हुँदा पेट्रोलमा ४० र डिजेलको खपत २० प्रतिशत घट्ने थानीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)