मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते

ekantipur.com · Thu Jun 30 00:59:52 GMT 2022

कञ्चनपुर — कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा बुधबार एक शिशुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको हो भने ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु घाइते भएका छन् ।

काठको पुरानो घर वर्षाका कारण भत्किएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए । उनका अनुुार मृतक शिशु र घाइते बालक घरभित्रै सुतेका थिए भने अर्का घाइते थारु घर छेउमै विश्राम गरिरहेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)