कर्मचारीमाथि आक्रमणपछि ज्योति विकास बैंकको गम्भीर ध्यानाकर्षण, कारबाहीका कानुनी प्रक्रिया अघि बढाइयो
arthadabali.com · Mon Dec 15 17:33:00 GMT 2025

काठमाडौँ / ज्योति विकास बैंक लिमिटेडले आफ्ना कर्मचारीमाथि भएको गम्भीर आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकसँग कर्जाको किस्ता नियमित गर्ने विषयमा टेलिफोनमार्फत पूर्व सहमतिअनुसार संवाद गर्न बैंकको क्षेत्रीय कार्यालय बर्दिबासबाट दुई जना कर्मचारी ऋणीको फर्ममा पुगेका थिए।
सो क्रममा फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको बैंकको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)