प्रचण्डको गठबन्धन बटमलाइन भरतपुरमा पुत्री रेणुलाई मेयर, अन्यथा जे पनि हुन सक्ने
hamrakura.com · Thu Apr 14 00:00:00 GMT 2022
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकालाई गठबन्धनको बटमलाइन बनाएका छन् । छोरी रेणु दाहाललाई मेयर बनाउन र आफ्नो निर्वाचन क्षेत्र रहेकाले भरतपुर महानगरपालिकालाई बटमलाइन बनाएका हुन् । ‘गठबन्धनको बैठकमा माओवादी केन्द्रले निर्वाचन जितेको र एस पार्टीमा रहेका मेयर उपमेयरलाई टिकट दिने वा सहयोग गर्ने गरी प्रस्ताव आएपछि प्रचण्डको त्यो नियत देखिएको हो’, गठबन्धन बैठकमा सहभागी रहेका एक नेताले भने ।
गठबन्धनमा बनाउन मूख्य भूमिका खेलेका माधवकुमार नेपालले कम्तीमा एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकाको मेयर पदमा दाबी गरिरहेका छन् । माओवादीले भरतपुरसहित कम्तीमा दुई वटा महानगरपालिका दाबी गरिरहेको छ । तर भरतपुर चाहिँ माओवादीले नछाड्ने अवस्थामा पुगेको छ । माओवादीका नेताहरुले पनि त्यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)