चैनपुरमा पाँच हजार आठ सय कफीका बिरुवा वितरण
nepalnews.com · Sat Jun 13 12:26:12 GMT 2026

सङ्खुवासभा । चैनपुर नगरपालिका वडा नम्बर २ ले कफी खेती प्रवर्द्धन गर्ने उद्देश्यले वडाभित्रका किसानलाई कफीका बिरुवा वितरण गरेको छ । वडामा रहेका चार वटा टोलका किसानलाई पाँच हजार ८०० कफीका बिरुवा नि:शुल्क वितरण गरिएको वडाध्यक्ष फुर्दावा शेर्पाले बताए ।
कफी खेतीलाई आयआर्जनको महत्त्वपूर्ण माध्यमका रूपमा विकास गर्न वडा कार्यालयले विशेष प्राथमिकता दिएर कफिका बिरुवा वितरण गरेको वडाध्यक्ष शेर्पाले बताए । वडा नम्बर २ लाई आगामी दिनमा कफी पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यअनुरूप कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)