१५ औं महाधिवेशन सफल बनाउन कांग्रेसका सबै पक्षबीच एकता आवश्यक : विमलेन्द्र निधि
nepalviews.com · Sat Jun 13 12:29:51 GMT 2026

जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीका सबै पक्षबीच एकता हुन आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेसका देउवापक्षले आज जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपसभापतिसमेत रहेका नेता निधिले कांग्रेसमा पक्ष विपक्षबीच एकता हुन आवश्यक रहेकोमा जोड दिए । उनले १५ औं महाधिवेशनका निम्ति विशेष महाधिवेशन पक्षधर र सो अधिवेशनमा भाग नलिएकाहरुबीच एकता हुनुपर्ने उल्लेख गरे । पार्टीभित्र गुट उपगुट, पक्ष विपक्ष गर्नुको साटो एकताको माध्यमबाट दुवै पक्ष मिलेर जानुपर्नेमा नेता निधिले जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)