तपाईंको जीमेल आईडी अरु कसैले चलाइरहेको त छैन ? यसरी गर्नुहोस् चेक
techpana.com · Mon May 03 16:44:52 GMT 2021
काठमाडौं । कम्प्युटर तपाईंको नियन्त्रण वा दृष्टिभन्दा बाहिर पर्ने बित्तिकै कसैले मेरो कम्प्युटरमा पहुँच पुर्याइरहेको छ कि भन्ने डरले सबैलाई सताउँछ । कहिलेकाहिँ हामी आफ्नो जीमेल अकाउन्ट कम्प्युटर वा मोबाइलमा यत्तिकै खुल्ला छोडेर जान्छौं । यस्तो बेला तपाईंको अकाउन्टलाई जोकसैले एक्सेस गरिरहेको हुन सक्छ ।
आफ्नो अकाउन्टलाई सुरक्षित बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले त पासवर्ड परिवर्तन गर्नुहोस् । त्यसपछि टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस् । साथै तपाईं गुगलको एड्भान्स प्रोटेक्सन प्रोग्राममा समेत इनरोल हुन सक्नुहुन्छ । यी उपाय अपनाउँदा तपाईंको अकाउन्टलाई पनि सुरक्षित राख्न मद्दत पुग्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)