देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक
ratopati.com · Mon Dec 15 17:40:33 GMT 2025

तनहुँ। तनहुँको देवघाट गाउँपालिका-५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । उक्त पुल जीर्ण भइसकेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास विभाग सस्पेन्सन ब्रिज डिभिजनको पत्राचार पछि जिल्ला प्रशासन कार्यालयले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिलाई पत्र लेख्दै उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जानकारी गराएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार ४४ वर्ष अघि निर्माण भएको उक्त पुल जीर्ण भइसकेकाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक लगाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)