ज्योति विकास बैंकका कर्मचारीमाथि भएको दुर्व्यवहारप्रति सिबिफिनद्वारा घोर भत्र्सना, कडा कारवाहीको माग
arthadabali.com · Mon Dec 15 17:44:23 GMT 2025

काठमाडौँ / सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि गरिएको लज्जास्पद, घृणित तथा हिंस्रक दुर्व्यवहारप्रति बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले घोर भत्र्सना गरेको छ।
सिबिफिनका अनुसार लामो समयदेखि नियमित हुन नसकेको कर्जाको किस्ताबारे समुचित समाधान खोज्न स्वयं ऋणीकै आग्रहमा छलफलका लागि पुगेका बैंक कर्मचारीहरूलाई स्थानीय तहका जिम्मेवार अधिकारीको नेतृत्वमा रहेका ऋणीहरूको समूहले नियोजित रूपमा घण्टौँसम्म नियन्त्रणमा राखी अमानवीय, पशुवत् व्यवहार तथा आक्रमण गरेको सिबिफिनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)