मिलानले जित्यो सिरी ‘ए’
ekantipur.com · Mon May 23 00:23:26 GMT 2022
मिलान — एसी मिलानले ससुलोलाई ३–१ ले पराजित गर्दै आइतबार इटालीको सिरी ‘ए’ उपाधि जितेको छ । उसको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे । मिलानले सन् २०१०–२०११ मा अन्तिम पटक लिग जितेको थियो र त्यसको एक दशकभन्दा बढी समयपछि सफलता दोहोर्याउन सफल भएको छ ।
यो जितपछि मिलानको ८६ अंक भएको छ । अन्तिम दिनको खेलमा लिग जित्नका लागि उसलाई कम्तीमा हार टार्न आवश्यक थियो । उसको नजिकको प्रतिद्वन्द्वी तथा छिमेकी इन्टर मिलान ८४ अंकमा दोस्रो स्थानमा
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)