अमेरिका-इरान सम्झौता निकै नजिक
gorkhapatraonline.com · Sat Jun 13 12:35:09 GMT 2026

अमेरिका र इरानबिच महिनौँदेखि जारी तनाव अन्त्यका लागि सम्झौता गर्ने कदमका लागि ठूलो सफलता मिल्ने आशा गरिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघीचीले दुई देश सम्झौताका लागि सबैभन्दा नजिक रहेको बताउनुभएको हो ।
यसैगरी, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा सम्झौता नजिक पुगेको भन्ने आफ्नो एक दिन पहिलेको पोस्टलाई पुनः पोष्ट गरेर सम्झौताको सम्भावनालाई थप बढावा दिनुभएको छ । पोष्टमा राष्ट्रपति ट्रम्पले सम्झौतामा हस्ताक्षर हुन अन्तिम कागजी प्रक्रिया मात्र बाँकी रहेको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)