म्यानचेष्टर सिटिको लगातार दोस्रो जित
neplays.com
युइएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर सिटिले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रमा सिटिले बुधबार आरबि लिपजिकलाई ३–१ गोलले पराजित गरेको छ । सिटिलाई जित दिलाउन फिलिप फोडेन, जुलियन अल्भारेज र जेरेमि बाफौर डोकुले एक एक गोल गरे । लिपजिकका लागि इकोमा लुइस ओपेन्डाले गोल गरे ।
खेलको २५ औं मिनेटमा फिलिप फोडेनले गोल गर्दै सिटिलाई अग्रत दिलाए । त्यसपछि खेलको ४८ औं मिनेटमा ओपेन्डाले गोल गर्दै बारबरी गरे । खेलको अन्तिम ६ मिनेटमा सिटिले दुई गोल गर्दै जित निकाल्न सफल भयो । सिटिका लागि जुलियन अल्भारेजले खेलको ८४ औं मिनेटमा र डोकुले खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा गोल गर्दै जित दिलाए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)