४० हजार रुपैयाँ घुससहित भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा पक्राउ
nepalnews.com · Sat Jun 13 12:38:27 GMT 2026

मनाङ । भूमि प्रशासन कार्यालय मनाङका नायब सुब्बा ज्ञानराज कँडेल ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग को पोखरा कार्यालयको टोलीले कँडेललाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा शनिबार दिउँसो नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियारका अनुसार जग्गा रोक्का सम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)