पाटनमा भीमसेन जात्राको रमझम [तस्बिरहरु]
ekantipur.com · Tue Aug 27 16:50:18 UTC 2024

ललितपुर — जिल्लाको पाटन दरबार स्क्वायरमा मंगलबार भीमसेन जात्रा मनाइएको छ । यो जात्रा विशेषत: नेवार समुदायले मनाउने गर्दछन् । जात्रामा धूप बत्ती बाल्ने, पूजा, प्रार्थना गरी व्यवसाय फस्टाउन, आर्थिक समृद्धिलगायत आशीर्वाद माग्ने गरिन्छ । सहभागीहरु परम्परागत मौलिक बाजा बजाउने, नाच्ने गर्छन् । यो जात्रा भाद्र महिनामा १० दिन मनाउने चलन छ ।
प्रकाशित : भाद्र ११, २०८१ २२:३५
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)