मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चाडपर्वमा सधैं हवाई टिकटको सास्ती

nepalsamaya.com · Sat Oct 07 00:16:00 GMT 2023

काठमाडौं- बझाङका वसन्तराज जोशी दसैंको टिकटका लागि चिन्तित छन्। अनलाइन र प्रत्यक्ष रूपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराशछन्। नजिकिएको दसैंमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कसलाई पो नहोला र? तर दसैंको मुखमा एअरलाइन्सको टिकट पाउन मुस्किल छ।

केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ। अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ। चाडपर्वमा यात्रुले महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन सास्ती छ। गएको वर्षको दसैंमा १७ हजार छ सय रुपैयाँ हवाई भाडा तिरेर काठमाण्डौदेखि धनगढी हुँदै बझाङ पुगेका जोशीलाई यो वर्ष महँगोमै भए पनि टिकट लिएर घर पुग्ने सकस छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)