मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नाडा अटो शो २०२४ लक्षित नबिल बैङ्कको विशेष अटो लोन योजना

hamrakura.com · Tue Aug 27 00:00:00 UTC 2024

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले आउँदो नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ। भदौ ११ गते देखि भदौ १७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो।

यस योजनाअन्तर्गत, नबिल बैङ्कले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)