मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जेरार्ड पनि साउदी लागे

ekantipur.com · Wed Jul 05 00:37:53 GMT 2023

काठमाडौँ — अल इत्तिफाकका मुख्य प्रशिक्षकको रूपमा हस्ताक्षर गरेपछि लिभरपुलका पूर्वकप्तान स्टेभेन जेरार्ड साउदी अरेबिया जाने पछिल्लो स्टार बनेका छन् । ४३ वर्षीय जेरार्ड गत अक्टोबरमा एस्टोन भिल्लाबाट बर्खास्त भएपछि खेलभन्दा बाहिरै थिए । यसअघि उनले खाडी मुलुकबाट आएको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । यसपालिको प्रस्ताव भने सफल भएको छ ।

‘जहाँ लिजेन्ड पाइन्छ । हामी स्टेभेन जेरार्डलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा घोषणा गर्न पाउँदा रोमाञ्चित छौं,’ क्लबले ट्वीट गरेको छ । अल इत्तिफाक गत सिजनको साउदी प्रो लिगमा १६ टिममध्ये सातौं भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)