पाकिस्तानका बाबर बने प्ले अफ दी मन्थ
nayapatrikadaily.com · Mon May 10 16:41:00 GMT 2021
पाकिस्तानका बाबर अजाम अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को अप्रिल महिनाको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । आइसिसीले अप्रिल महिनामा विश्वभरका खेलाडीले गरेको प्रदर्शनका आधारमा नेपालका कुशल भुर्तेल, पाकिस्तानका फखर जमान तथा पाकिस्तानकै बाबरलाई प्लेयर अफ दी मन्थमा मनोनीत गरेको थियो । आइसिसीले गत साता मात्र तीनजना खेलाडीको नाम सार्वजनिक गरेको हो ।
आइसिसीले स्वतन्त्र मतदान अनुसार पाकिस्तानका बाबर गत महिनाको उत्कृष्ट खेलाडी घोषित भएको सोमबार जनाएको हो । बाबरले यो उपाधि हात पार्न आफ्नै देशका फखर र नेपालका कुशललाई पछि पारेका हुन् । आइसिसीको वेबसाइटमा आएको समर्थकको भोटिङ र आइसिसी भोटिङ एकेडेमीको आधारमा घोषित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)