मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रेमिट्यान्समा निरन्तर कीर्तिमान : १८ खर्ब १६ अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति

ekantipur.com · Wed Feb 07 00:43:02 GMT 2024

काठमाडौँ — पछिल्ला महिनामा रेमिट्यान्स आप्रवाहमा भएको निरन्तर वृद्धिसँगै अर्थतन्त्रका बाह्य सूचक झनै बलियो बन्दै गएका छन् । रेमिट्यान्स २५.८ प्रतिशतले बढेपछि विदेशी विनिमय (मुद्रा) सञ्चितिले कीर्तिमान बनाएको छ । जसअनुसार गत पुससम्म कुल विदेशी मुद्रा सञ्चिति १८ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ । गत असारमा कुल विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो ।

पुससम्मको कुल विदेशी मुद्रा सञ्चितिले १२.१ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ । चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य थियो । अमेरिकी डलरमा सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा गत पुस मसान्तसम्ममा १६.९ प्रतिशतले बढेर १३ अर्ब ६९ करोड पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)