सत्तापक्ष र प्रतिपक्षको एकस्वर : प्रधानमन्त्रीले अक्षम्य बोले, खेद प्रस्ताव पारित गरौं
onlinekhabar.com · Sat Jun 13 12:39:02 GMT 2026

३० जेठ, विराटनगर । कोशी प्रदेशसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले सीमा समस्याबारे प्रधानमन्त्री बालेन्द्र शाहको दिएकाे विवादित अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले प्रधानमन्त्रीको भनाइ राष्ट्रघाती र अक्षम्य भएको बताएका हुन् ।
शनिबारको प्रदेशसभा बैठकमा नेकपा सांसद गणेश उप्रेतीले प्रधानमन्त्रीको भनाइप्रति सदनबाट खेद प्रस्ताव पारित गर्न माग गरेका हुन् । ‘प्रधानमन्त्रीले जुन हिसाबले राष्ट्रघात गरेका छन् र मुलुकलाई लल्कारेका छन्, त्यसका विरुद्ध यो सदनले तत्काल खेद प्रस्ताव पारित गर्नुपर्छ,’ उप्रेतीले भने, ‘प्रधानमन्त्रीलाई देशको माटोको माया नभएपनि आम नागरिकलाई आफ्नो देश र प्रदेशको माटोको माया छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
बालेन शाह