मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लक्ष्मी सनराइज बैंकको खुद नाफा ४९.४५ ले वृद्धि, वितरणयोग्य नाफा रु. एक अर्ब ९३

corporatenepal.com · Sun Aug 06 00:14:58 GMT 2023

काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफा ४९.४५ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो पटक लक्ष्मी बैंक र सनराइज बैंक एक भई एकीकृत कारोबार सुरु गरेको यो बैंकले गएको आर्थिक बर्षमा दुई अर्ब २६ करोड १८ लाख खुद नाफा गरेको हो ।

गत असार २९ गतेदेखि यो बैंकले एकीकृत कारोबार शुरु गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको गएको आर्थिक बर्षको वित्तीय विवरणमा खुद नाफा उत्साहजनक देखिएको हो । अघिल्लो बर्ष बैंकले एक अर्ब ५१ करोड ३४ लाख रुपियाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढेको हो । मर्जरसँगै बैंकको निक्षेप ११२.३० प्रतिशत र कर्जा लगानी १००.१३ प्रतिशत बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)