मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

भारतकाे ओडिसामा रेल दुर्घटना हुँदा ५० जनाको ज्यान गयो, तीन सय ५० भन्दा धेरै घाइते

Ujyaaloonline.com · Sat Jun 03 00:48:17 GMT 2023

भारतको ओडिसा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा कम्तीमा पचास जनाको ज्यान गएको छ । यस्तै तीन सय ५० जना भन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ । गएराति चेन्नाइबाट हाउडाको लागि गइरहेको कोरोमंडल एक्सप्रेस ट्रेन एक मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको बताइएको छ ।

भारतका रेल मन्त्री अश्विनी वैष्णव आफै दुर्घटना क्षेत्रमा पुग्नुभएको छ । उहाँले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ भने ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । यस्तै गम्भीर घाइते भएकाहरुलाई दुई लाख रुपैयाँ तथा सामान्य घाइते भएकाहरुलाई पचास हजार रुपैयाँ प्रदान गर्ने उहाँले बताउनुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)