भित्ते चित्रले बदलिँदै नेपालगन्जको रूप
nepalnews.com · Sat Jun 13 12:50:21 GMT 2026

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले सहरका सरकारी तथा सार्वजनिकस्थलको सुन्दरता बढाउन सुरु गरेको भित्तेचित्र अभियानले सहरको रूप बदलिँदै गएको छ ।
धुलो, मैलो र जथाभावी फोहरको चपेटामा परेका कङ्क्रिटका फुस्रा पर्खालमा भित्ते चित्रले सहरको सौन्दर्यमा एउटा नयाँ र उमङ्गमय रङ थपिदिएको छ । उपमहानगरपालिकाको यस पहललाई ‘क्रियटिभ आर्ट’ समूहका स्थानीय कलाकारहरूले आफ्नो सिर्जना र पसिनाले मूर्तरूप दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)