मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

राजधानीमा सुरु भयो नयाँ नाटकघर, एक्टर्स स्टुडियोले देखाउँदै छ ‘कथा कस्तुरी’  

deshsanchar.com · Thu Jun 09 15:20:50 GMT 2022

काठमाडौँ- राजधानीमा बिहीबारदेखि नयाँ नाटक घर ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ सञ्चालन भएको छ। गौशाला पिङ्गलास्थानस्थित नेपाल फिल्म क्याम्पस तथा संगीत विद्यालय परिसरमा नयाँ नाटकघर सुरु भएको हो।

बिहीबार उक्त नाटकघरमा दिया मास्केद्वारा निर्देशित तथा आख्यानकार नयनराज पाण्डेको कथा ‘सर्पदंश’मा आधारित नाटक ‘कथा कस्तुरी’को पहिलो प्रदर्शन गरिएको छ। ‘एक्टर्स फ्रम एक्टर्स स्टुडियो’को प्रस्तुतिमा एक्टर्स स्टुडियोकै उत्पादनहरु प्रभाव शाही ठकुरी, आयुष्मा मगर, सन्देश बम, राजन पुरी, जीवन गौतम, प्रेमप्रकाश केसी, सन्तोषवीरसिंह बस्नेत, सृष्टि भट्टराई, यज्ञ राजवर, विशाल पुलामी, शिवदास गुरुङ र विकास खड्कालगायतले नाटकमा अभिनय गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)