राजेश ढुंगानाको ‘मुटु फलाम भएर’ लोकार्पित
onlinekhabar.com · Sat Jun 13 12:51:35 GMT 2026

३० जेठ, काठमाडौं । अग्रज कवि राजेश ढुंगानाको नविनतम् कवितासङ्ग्रह ‘मुटु फलामको भएर’ को लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा रोचक घिमिरे, कृष्ण धारावासी, प्राडा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, कवि ढुंगाना दम्पति लगायतले कृति लोकार्पण गरे ।
प्रमुखअतिथि वरिष्ट साहित्यिक पत्रकार एवं साहित्यकार रोचक घिमिरेले कृतिकारलाई बधाईँ दिँदै पुराना दिनहरु स्मरण गरे । उनले भने, ‘हराएको कविले फेरी सिर्जना लिएर आएकोमा खुशी छु । उहाँले हिजोको प्रजातान्त्रिक आन्दोलनको पक्षमा समसामयिक विषयमा लेखहरु निरन्तर लेखेर योगदान गर्नुभएको थियो।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ