सोमालियामा आत्मघाती विस्फोट, १० को मृत्यु
ekantipur.com · Sat Feb 19 16:55:52 GMT 2022
मोगादिसु — सोमालियामा भएको आत्मघाती विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएको छ । बेलेड्वेनमा शनिबार भएको घटनाको जिम्मेवारी जिहादीहरूको समूह ‘अल शबाब’ ले लिएको प्रहरीले जनाएको छ ।
घटनामा परी मृत्यु भएकामध्ये केही सरकारी अधिकारीसमेत छन् । घटनामा १६ जना घाइते भएको प्रहरीले जनाएको छ । सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूले घटना आत्मघाती हमलाकारीले गराएको बताएका छन् । एक प्रत्यक्षदर्शीले भने, ‘यस्तो घटना त मैले अहिलेसम्म देखेको थिइनँ, अति अमानवीय घटना ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)