सिट बाँडफाँटअघि मोर्चाको तयारीमा चार दल
ekantipur.com · Wed Jul 20 00:34:40 GMT 2022
काठमाडौँ — आफूले एकल बहुमत ल्याउने गरी आगामी निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णयपछि सत्ता साझेदार दलहरूले सिट बाँडफाँटको कसरत थालेका छन् । सिट बाँडफाँटमा अनौपचारिक गृहकार्य सुरु गरेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आ–आफ्नो पार्टीभित्र गठबन्धनलाई निरन्तरता दिने नीतिगत निर्णय गराएर औपचारिक रूपमै छलफल गर्ने भएका छन् ।
सत्ता साझेदार दलले प्रदेश र संघीय निर्वाचनमा अहिलेकै पाँचदलीय गठबन्धन कायम राख्ने सैद्धान्तिक सहमति गरिसकेका छन् । तालमेलको प्रारम्भिक खाकाका विषयमा सुरुमा शीर्ष नेताले छलफल गर्ने, त्यसपछि सबै दलमा आन्तरिक छलफल गरी अन्तिम निष्कर्षमा पुग्ने दलहरूको तयारी छ । सत्तारूढ पाँच दलले प्रतिनिधिसभाका १६५ वटै र प्रदेशका ३३० वटै क्षेत्रमा तालमेल गर्ने योजना बनाएका छन् । कांग्रेसले संघ र सबै प्रदेशमा एकल बहुमत पुग्ने गरी सिटमा दाबी गरिरहँदा माओवादी चुनावपछि सरकार गठनमा निर्णायक शक्ति बन्ने योजनामा छ । त्यसैले सिट बाँडफाँटमा पेचिलो बन्ने देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)