प्रहरीको हत्यादेखि जेलबाट सुरुङ खनेर भाग्ने मुराउ पक्राउ
gorkhapatraonline.com · Sat Jun 13 13:01:59 GMT 2026

ड्युटीमा रहेका प्रहरी जवानको हत्या गरी कारागारबाट सुरुङ खनेर फरार भएका अभियुक्तलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टका अनुसार महाराजगन्ज नगरपालिका–उदयपुर निवासी ५३ वर्षीय रामजस मुराउलाई विशेष अभियान सञ्चालन गरी पक्राउ गरिएको हो । उनी जनयुद्ध (जनजी आन्दोलन) का क्रममा नख्खु कारागारबाट फरार भएका थिए ।
प्रहरीका अनुसार मुराउले २०६३ साल कात्तिक २४ गते राति ड्युटीमा रहेका प्रहरी जवान नवीन गुरुङको गोली हानी हत्या गरेका थिए । मुराउसहितको समूहले तस्करी गरी ल्याइएको अवैध सामग्री नियन्त्रण गर्न खटिएका प्रहरीमाथि गोली प्रहार गर्दा गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उहाँको मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी