सर्त पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी
gorkhapatraonline.com · Sat Jun 13 12:58:18 GMT 2026

अन्तरिम सम्झौता कार्यान्वयन नभएसम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पुर्व निर्धारित प्रावधान पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनुभएको छ ।
इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौतापछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने, र दायित्व पूरा भएपछि मात्र स्थिति सहज हुने बताउनुभएको छ । समझदारी तथा ज्ञापन-पत्रका प्रावधान पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आइआरआइबीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)