मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युएईलाई हराउँदै थाइल्यान्ड च्याम्पियन

neplays.com · Sat Jun 13 13:07:02 GMT 2026

काठमाडाैं। थाइल्यान्डले एसीसी महिला प्रिमियर कप २०२६ को उपाधि जितेकाे छ।

शनिबार मलेसियाको क्वालालम्पुरस्थित बायुएमास क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको छ।

युएईले दिएकाे ९६ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्यान्डले १८ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

यस जितसँगै थाइल्यान्ड एसीसी महिला प्रिमियर कप २०२६ को विजेता बनेको छ।

त्यसअघि पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९५ रन बनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय