पशुपति परिसरमा हत्या गरी फरार अभियुक्त महोत्तरीबाट पक्राउ
barnanmedia.com · Sat Jun 13 13:01:08 GMT 2026

पशुपतिनाथ मन्दिर परिसरमा एक व्यक्तिको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार गत फागुन ६ गते काठमाडौं महानगरपालिका–८ स्थित १५ नं. शिवालयमा संखुवासभा घर भएका सन्तोष गिरी भन्ने सन्तोष परियार मृत फेला परेका थिए ।
घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका दर्बेनाथ भनिने सुविन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)