मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पहिलो त्रैमासमा ३.४२ प्रतिशत विकास खर्च

ekantipur.com · Tue Oct 19 01:06:32 GMT 2021

काठमाडौँ — चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिना अवधिमा सरकारको बजेट खर्च निकै न्यून देखिएको छ । बजेट कार्यान्वयनमा देखिएको ढिलाइको असर खर्चमा देखिएको हो । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार असोज मसान्तसम्म वार्षिक विनियोजित बजेटको १४ दशमलव २३ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट विनियोजन भएकोमा पहिलो त्रैमाससम्म २ खर्ब ३४ अर्ब ५२ करोड रुपैयाँ बराबर बजेट खर्च भएको देखिन्छ । यसमध्ये चालुतर्फ १ खर्ब ८६ अर्ब ५२ करोड अर्थात् विनियोजित बजेटको १८ दशमलव ५७ प्रतिशत खर्च भएको छ । पुँजीगतर्फ भने ३ दशमलव ४२ प्रतिशत अर्थात् १४ अर्ब ८८ करोड रुपैयाँ मात्रै खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ४ खर्ब ३५ अर्ब २४ लाख रुपैयाँ छुट्याएको छ । त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३३ अर्ब ११ करोड अर्थात् वार्षिक लक्ष्यको १९.९२ प्रतिशत बजेट खर्च भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)