विश्वकप छनोट : इंग्ल्याण्डको शत प्रतिशत नतिजा कायम, सन् १९९३ पछि स्पेन पहिलोपटक पराजित
ratopati.com
अर्को वर्ष आयोजना हुने विश्वकपको छनोट खेलमा इंग्ल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । बिहीबार इंग्ल्याण्डले हंगेरीमाथि ४–० को शानदार जीत हासिल गर्न सफल भएको हो । समूह आईमा रहेको इंग्ल्याण्डले हालसम्म खेलिएका ४ मध्ये ४ वटामै जीत हासिल गरेको छ । योसँगै समूहको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाउन सफल भएको छ ।
खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा इंग्ल्याण्डले गोलको वर्षा गर्यो । राहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र डेक्लन राइसले गोल गर्दै इंग्ल्याण्डलाई सहज जीत दिलाए । उता, समूको दोस्रो स्थानमा रहेको पोल्याण्डले पनि अल्बानियालाई ४–१ गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)