मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

छिमेक लघुवित्त वित्तीय संस्था एनपीएसमा आबद्ध

abhiyandaily.com

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । संस्थाले आफ्नो भुक्तानीसम्बन्धी कारोबार नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्नेगरी एनपीएसमा आबद्ध भएको हो । त्यसका लागि एनसीएचएलसँग सम्झौता गरिएको छ । सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मा जोशी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार संस्थाले आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)मा जोडेर एनपीएस अन्तर्गतका विभिन्न भुक्तानी उपकरण प्रयोग गर्न सक्ने भएको छ । यसअन्तर्गत संस्थाले एनसीएचएल–आईपीएस र आरपीएस/कनेक्ट आईपीएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायत कारोबार गर्न सक्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)