मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मनिग्राम–ई–सेवा मनी ट्रान्सफर साझेदारी

abhiyandaily.com

काठमाडौं (अस) । मनिग्राम इन्टरनेशनल र ई–सेवा मनी ट्रान्सफरले साझेदारीको घोषणा गरेका छन् । साझेदारीपछि विश्वभर रहेका मनिग्रामका ग्राहकले सीधै आफ्ना साथी तथा परिवारको बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

खाता निक्षेप सेवा सुरु भइसकेको छ भने ई–सेवा वालेट सुरुआतको तयारीमा छ । सबै प्रमुख बैंकसहित ६५ भन्दा धेरै बैंकसँग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्रायः सबै बैंक खातामा रकम जम्मा गर्न सक्छ । नेपालमा रहेका ४२ लाखभन्दा धेरै दर्ता गरिएका ई–सेवा वालेट प्रयोगकर्तामाझ यो सेवा रेमिट्यान्सका लागि कोसेढुंगा हुने दुवै कम्पनीले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)