मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चन्द्रयान- ३ अब चन्द्रमाको २५ किमी मात्रै पर, तीन दिनभित्र चन्द्रमामा अवतरण गराइने

newsofnepal.com · Sun Aug 20 03:30:18 GMT 2023

नयाँदिल्ली, ३ भदौं । चन्द्रयान- ३ को दोस्रो र अन्तिम डि बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले बुधबार चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्नुअघि महत्त्वपूर्ण चरणको नजिकबाट निरीक्षण गरेका थिए ।

ल्यान्डर विक्रमले आफूलाई एउटा कक्षामा स्थापित गरेको छ, जहाँबाट चन्द्रमाको सबैभन्दा नजिकको दूरी २५ किलोमिटर र सबैभन्दा टाढाको दूरी १३४ किलोमिटर छ। इसरोले यो कक्षाबाट बुधबार चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा सफ्ट ल्यान्डिङको प्रयास गर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)