मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिकित्सा विज्ञान प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरी पक्राउ

barnanmedia.com · Tue Aug 27 22:05:36 UTC 2024

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियनका सचिव दीपक मुडभरीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी वीर अस्पतालभित्र होहल्ला गरेको भन्दै जनसेवा प्रहरीले मंगलबार दिउँसो अस्पताल परिसर पुगेर मुडभरीलाई पक्राउ गरेको हो ।अस्पतालभित्र पसेर कर्मचारीसँग मनपरी बोलेको, धम्क्याएको, उपचारमा बाधा हुने गरी अवरोध गरेका कारण उनलाई पक्राउ गरेको जनसेवा प्रहरीले जनाएको छ । अस्पतालभित्र होहल्ला गरेपछि अस्पताल प्रशासनले प्रहरी बोलाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)