निजी क्षेत्रद्वारा चार्टर स्कुल चलाउन माग
abhiyandaily.com
निजी क्षेत्रले नेपालमा चार्टर स्कुल सञ्चालन गर्न अनुमति माग गरेका छन् । सरकारी लगानीमा निजी क्षेत्रले सञ्चालन गर्ने यो स्कुल शैक्षिक क्षेत्रमा तेस्रो अवधारणा हो । यो योजनामा सरकारले प्रतिविद्यार्थी खर्च गर्ने रकम निजी क्षेत्रलाई दिने र सोही रकमबाट स्कुल चलाउने प्रस्ताव छ । यसका लाग सरकारले प्रतिविद्यार्थी ४ देखि ५ हजार रुपैयाँ दिएमा यो अवाधारणा सफल हुने शिक्षाविद् होम आचार्यले बताए ।
सरकारको लगानीमा निजी क्षेत्रले विद्यालय चलाउनुलाई अन्तर्राष्ट्रिय अभ्यासमा चार्टर स्कुल भनिन्छ । यो अवधारणा सन् १९७० मा अमेरिकाबाट सुरु भएको हो । यसरी सञ्चालन गरिने विद्यालयमा अभिभावकले शुल्क तिर्नुपर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)